भारतद्वारा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा सीट सुरक्षित गर्न अभियान सुरु

काठमडाैँ । भारतले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा (यूएनएससी) आफ्नो सीट सुरक्षित गर्न शुक्रबारदेखि अभियान थालेको छ । विश्वको वातावरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने दाबी गर्दै भारतले सो अभियान शुरु गरेको हो ।

सुरक्षा परिषदको पाँच अस्थायी सीटको लागि १७ जुनमा चुनाब हुँदैछ । यदि भारत निर्वाचित भयो भने, यो उसको आठौं कार्यकाल हुनेछ, सन् २०२१ जनवरीदेखि दुई वर्षको लागि कार्यकालकाे समायवाधि हुनेछ।

सुरक्षा परिषदको अस्थाई सदस्यको रुपमा भारत बिगत १० बर्षदेखि निर्बाचित हुदै आईरहेको छ । भारतीय विदेश मन्त्री सुब्रह्मण्यम जयशंकरका अनुसार भारत यसपाली निर्बाचित भए तल उलेखित विभिन्न चार वैश्विक समस्याको समाधानको लागि प्रयत्न गर्ने भरतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

पहिलो, बढ्दो तनाव बहन गर्न अन्तर्राष्ट्रिय शासनको सामान्य प्रक्रियालाई बढी दबाबको सामना गर्न सक्षम बनाउने ।

दोस्रो- परम्परागत र गैर-परम्परागत सुरक्षा चुनौतीहरू अनियन्त्रित रूपमा बढ्दैछन्। आतंकवाद त्यस्ता समस्याहरूको ठुलो उदाहरण हो।त्यसको निराकरण गर्ने ।

तेस्रो – वैश्विक संस्थाहरूलाई थप सक्षम बनाउने ।

चौथो – कोरोनाभाइरस महामारी र यसले निम्त्याउने आर्थिक क्षतिको भरपाई गर्ने ।

जयशंकरले यस असाधारण अवस्थामा भारतले सकारात्मक विश्वव्यापी भूमिका खेल्न सक्ने बताएका छन् । सम्मान – सम्वाद, वार्तालाप, सहयोग र शान्तिले समृद्धि आउने प्रधानमन्त्री नरेन्द्र मोदीको दर्शन अनुसार भारतले कार्य गर्ने उनले जनाएका छन् ।

सुरक्षा परिषदमा यस अवधिमा भारतको समग्र उद्देश्य एनओआरएमएस (एउटा सुधारिएको बहुपक्षीय प्रणालीका लागि नयाँ ओरिएन्टेशन) हुने पनि उनले प्रस्ट पारेका छन् । भारतले विश्वव्यापी विकास, जलवायु परिवर्तन र गरीबी उन्मूलनमा पनि भूमिका निर्वाह गर्ने पनि उनले बताएका छन् ।