चीनको सांस्कृतिक सफाया अन्तर्गत एप्सहरुमा पनि तिब्बती भाषामा प्रतिबन्ध

बेइजिङ । दक्षिण पश्‍चिमी प्रान्त सिन्जियाङमा नरसंहार गरिरहेको चीनले तिब्बतमा सांस्कृतिक सफाया अभियान चलाएको छ। सिन्जियाङमा उइगरहरुमाथि जातीय सफाया गरिरहेको चिनियाँ कम्युनिस्ट पार्टीका नेता सी जिन पिङले तिब्बतमा भाषा र संस्कृतिमाथि आक्रमण सुरु गरेको हो।

चीनले विद्यालयहरुमा अनिवार्य चिनियाँ भाषा म्यान्डरिनका पाठ्यपुस्तहरु लागु गरेसँगै विद्यालयमा तिब्बती भाषामा प्रतिबन्ध लगाइएको थियो। यसरी चिनियाँ सरकारले पछिल्लो पटक अर्को निर्देशन जारी गर्दै तिब्बती भाषा सिकाउने एप टकमेट र भिडियो स्ट्रिमिङ सेवा बिलिबिलीले अब तिब्बती र उइगुर भाषाहरूमा प्रतिबन्ध लगाइएको छ।

मार्च १ मा सुरु भएको नयाँ आदेश अनुसार विदेशी संस्था र व्यक्तिहरूले अब चीन वा तिब्बतमा ‘धार्मिक सामग्री’ अनलाइनमा फैलाउन नपाउने भएका छन्। चीन भित्रका धार्मिक समूहहरूले कुनै धार्मिक समारोह गर्न विशेष इजाजतपत्र प्राप्त गर्नुपर्ने नियम बनाइएको छ।

नियमन, ‘इन्टरनेट धार्मिक सूचना सेवाको प्रशासनमा उपायहरू’, राज्यको धार्मिक मामिला ब्यूरो, राज्य इन्टरनेट सूचना कार्यालय, उद्योग तथा सूचना मन्त्रालय, सार्वजनिक सुरक्षा मन्त्रालय र राज्य मन्त्रालयले संयुक्त रूपमा उक्त इजाजत पत्र जारी गर्ने प्रावधान बनाइएको छ।

तिब्बतीहरूलाई सञ्चार गर्दा तिब्बतीमा बोल्न निषेध गरिएको छ। यदि कुनै तिब्बती कलाकारले उनीहरूको सोशल मिडिया प्लेटफर्ममा तिब्बती संस्कृति र परम्पराको प्रतिनिधित्व गर्ने प्रयास गरेमा उनीहरूको अकाउन्ट बन्द गरिने भएको छ।

धर्मशालाका अनुसन्धानकर्ता आरएफएसँग पनि कुरा गर्दै भारतमा रहेको फेनटोक नामको तिब्बत नीति संस्थानले चीनको नयाँ प्रतिबन्ध मार्च १ देखि लागु भएको पुष्टि गरेको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.