आजबाट देशभर नयाँ भर्ना अभियान सुरु

काठमाडौं । सरकारले आजदेखि देशभरका विद्यालयमा नयाँ भर्ना अभियान सुरु गर्ने भएको छ ।

आगामी जेठ १ गतेदेखि पठनपाठन सुरु गर्ने तयारीअनुसार आजबाट भर्ना अभियान सुरु गर्न लागिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २ जेठबाट नयाँ भर्ना अभियान सुरु गर्न स्थानीय तह र सबै विद्यालयलाई निर्देशन दिइसकिएको छ ।

आजबाट सुरु भएको भर्ना अभियान यही वैशाख ३१ गतेसम्म सञ्चालन गरिने छ । यस अवधिमा देशभरका सामुदायिक तथा निजी विद्यालयहरूले विद्यार्थीको नयाँ भर्ना लिइसक्नुपर्ने केन्द्रले जनाएको छ।

Facebook Comments