एक्सेस एजुकेसन नेटर्वकले ल्यायो ल्यापटप बोकी अष्ट्रेलिया पढ्न जाने अवसर

काठमाडौं – एक्सेस एजुकेसन नेटर्वकले यही चैत्र १३ देखि १८ गतेसम्म एक्सेस अष्ट्रेलिया एडमिसन विकको आयोजना गर्दैछ । यस कार्यक्रममा अष्ट्रेलिया जान इच्छुक विद्यार्थीले आफ्नो करियरको योजना बनाउन सक्नेछन् ।

अष्ट्रेलियामा भएका कलेज तथा युनिभर्सिटी सम्बन्धि जानकारी, त्यहाँका भर्ना प्रक्रिया र पढाइ हुने कोर्सको बारेमा यस कार्यक्रममा विद्यार्थीहरुले बुझ्न सक्नेछन्।

उक्त कार्यक्रममा विभिन्न कोर्षहरुमा फी, स्कोलर्सिप,ग्रान्ट लगायतका विभिन्न अफरको सुविधा समेत रहेको छ । यस कार्यक्रम एक्सेसले काठमाडौँमा रहेका आफ्नो ३ मुख्य कार्यालय पुतलीसडक, शाखा कार्यलय बानेश्वर र ललितपुर शाखा कार्यालय कुमारीपाटीमा गर्दैछ ।

यस कार्यक्रममा अष्ट्रेलियाबाट हार्बर कलेज, सिड्नी मेट्रो, क्वीन्सफोर्ड कलेज, साउर्थन एकाडेमी, सिड्नी सिटी कलेज, र्यान्सफोर्ड कलेज, मेडिकस कलेज, प्यासिफिक कलेज, भाइब कलेज, सेन्टरबरी इन्सिच्युट, क्राउन इन्सिच्युट, अष्ट्रेलासियन इन्टरनेसनल एकाडेमी, स्कील्स अष्ट्रेलिया इन्सिच्युट, इन्टरनेशनल इन्सिच्युट अफ एजसकेशन, आरजी आइ टी अष्ट्रेलिया, अष्ट्रलियन टेक्निकल कलेजका प्रतिनिधिको पनि उपस्थिति रहने छ । यी कलेजमा धेरै नेपाली विद्यार्थी अध्ययन गरिरहेका छन् ।

विगत १७ वर्षदेखि अष्ट्रेलिया, युके, अमेरिका, न्युज्यल्याण्डलगायतका विभिन्न देशमा विद्यार्थीलाई भर्ना तथा परार्मश दिँदै आएको एक्सेसका नेपालभरमा काठमाडौँ, चितवन, पोखरा, बुटवल, बिराटनगर र बिर्तामोडमा शाखा रहेका छन् । यी सबै शाखाबाट विद्यार्थीलाई सेवा र परार्मशसमेत दिइँदै आइएको छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.