शिक्षक लाइसेन्स परीक्षामा अब बस्तुगत प्रश्न मात्रै, ५० वटा प्रश्न सोधिने

काठमाडौं – शिक्षण अनुमति पत्र (लाइसेन्स) को परीक्षामा अबदेखि बस्तुगत प्रश्न मात्रै सोधिने भएको छ ।

यसअघि ४० प्रतिशत बस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोधिने गरिएकोमा पाठ्यक्रम परिवर्तन गर्ने निर्णय भएको छ । यो निर्णय यही चैत २ गतेदेखि नै यो लागु भएको शिक्षक सेवा आयोगले जनाएको छ ।

शिक्षक सेवा आयोगको फागुन २ मा बसेको बैठकले शिक्षण अनुमति पत्र (लाइसेन्स) परीक्षामा बस्तुगत प्रश्न मात्रै सोध्ने गरी पाठ्यक्रम परिवर्तन गर्ने निर्णय गरेको थियो ।

माध्यामिक र निम्नमाध्यामिक तहको शिक्षण अनुमति पत्र प्राप्त गर्ने परीक्षाका हकमा पाठ्यक्रम परिवर्तन गरिएका हुन्। अबदेखि प्रतिप्रश्न दुई अंकको दरले ५० वटा वस्तुगत प्रश्न सोधिने छ । यसअनुसार परीक्षा १०० पूर्णाङ्कको हुने छ । पास हुन ५० नम्बर ल्याउनुपर्छ ।

Facebook Comments