पल प्रकरणमा प्रियंका कार्कीले खोलिन् मुख

काठमाडौं । नायिका प्रियंका कार्कीले पनि पल शाह प्रकरणबारे मुख खोलेकी छन् । एक वाल गायिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह प्रकरणबारे कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राखेकी छन्।

केही समय अघि फेसबुकमा एक स्टाटस लेख्दै नायिका कार्कीले नाबालिगले ‘म पीडित हुँ’ भन्दा, उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै सक्दैन भन्दै आफ्नो धारणा राखेकी छन् ।

यस्तो छ कर्कीले फेसबुकमा लेखेको स्टाटस
दुखको कुरा, हामी यस्तो समाजमा बाँचेका छौँ, जहाँ पीडितले ‘म पीडित हुँ’ भन्न मात्र पनि ठुलै हिम्मत बोकेर आउनुपर्छ। यस्तोमा, अगाडि बढेर आवाज उठाउने हरेक पीडित महिला दिदी–बहिनीहरुको म भित्री आत्मा देखि नै कदर गर्दछु।

नाबालिगको हकमा, मैले बुझे अनुसार, उमेरको हदबन्दी (१८ वर्ष) नेपालमा मात्र हैन, विश्वका सबै देशमा, आफ्नो परिवेश अनुसार, उमेर नपुगेकाहरुको ‘निर्णय लिन सक्ने क्षमता’लाई ध्यानमा राखेर नै बनाइएको हुन्छ। नाबालिगहरु निर्णय लिन सक्ने क्षमता राख्दैनन् र तिनको संरक्षण सभ्य समाजको उत्तरदायित्व पनि हो भन्ने मेरो पनि मान्यता हो।

यस्तो अवस्थामा, नाबालिगले ‘म पीडित हुँ’ भन्दा, उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै सक्दैन।

बाँकी काम कानुनको, वहाँहरुलाई निश्पक्ष काम गर्न दिनु हाम्रो कर्तव्य हो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.