यस्तो छ आज फागुन २० गते शुक्रबारको राशिफल

मेष : आम्दानी बढ्नेछ। शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्रमा यथावत रहेपनि राजनीतिक क्षेत्रमा प्रशंसा कमाउने योग छ। स्वास्थ्यमा भने गढबढी देखिन्छ।

वृष : दिन सामान्य छ। बोलीमा ख्याल गर्नुपर्नेछ। बोलीका कारण मित्रहरु टाढा हुनेछन्। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। पारिवारिक क्षेत्र सुमधुर रहनेछ।

मिथुन : दिन राम्रो छ। लगानीको प्रतिफल पाइनेछ। खर्च बढ्नेछ। प्रेम बढ्नेछ। धर्मकर्म गरेमा सफलता मिल्नेछ।

कर्कट : दिन राम्रो छ। परोपकार गरेका कामहरु बन्नेछन्। शत्रु पराजित हुनेछन्। वैदेशिक लगानीमा ठूलो उन्नती हुनेछ।

सिंह : दिन सामान्य राम्रो छ। रोगबाट छुटकारा मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीले फाइदा मिल्नेछ। पठनपाठनमा रुची बढ्नेछ। आफ्नो कामका लागि आफै अघि सर्नुपर्ने देखिन्छ।

कन्या : दिन सामान्य छ। तपाईको बौद्धिकताको प्रशंसा हुनेछ। शिक्षा, स्वास्थ, सामाजिक क्षेत्र राम्रो छ। अरुका कुरा सुन्नुभयो भने फाइदा मिल्नेछ।

तुला : दिन सामान्य राम्रो छ। रोगले भने सताउने छ। परिवारमा झगडा गराउनेहरु सक्रिय भएकाले चनाखो बन्नुपर्नेछ।

वृश्चिक : दिन सामान्य छ। परिवारले शंका गर्नेछन्। प्रतिस्पर्धीले चलखेल गर्ने देखिन्छ। प्रभाव राम्रो भएकाले ढुक्क भएर अघि बढ्दा सफलता मिल्नेछ।

धनु : दिन सामान्य रहेको छ। जीवनका समस्याहरु निवारण हुनेछन्। बोल्दा ख्याल गर्नुहोला। थोरै सतर्कता नअपनाए गम्भीर आरोप लाग्नसक्छ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।

मकर :दिन राम्रो छ। बोल्दा ख्याल गर्नुहोला। बोलीबाट धेरै मानिस प्रभावित हुनेछन्। कार्यतालिका बनाएर काम गर्दा सफलता मिल्नेछ।

कुम्भ : दिन सामान्य छ। बोल्दा र गफ गर्दा सतर्कता अपनाउनुहोला। साथीभाइले ल्याएको प्रस्ताव स्वीकार गर्नुहोला। यसले आफ्नो भलो हुनेछ।

मिन : दिन राम्रो छ। धेरै क्षेत्रमा राम्रो प्रभाव रहेकाले दैनिकी परिवर्तन गर्नुपर्नेछ। दैनिकी परिवर्तन गर्दा दीर्घकालीन योजना बनाउनुहोला। खर्च बढ्नेछ। लगानीमा ख्याल गर्नुहोला।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.