काठमाडौँ – आजादीका अमृत महोत्सव विशेष सप्ताह अन्तर्गत, वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावासले “ओपन हाउस फर कन्सुलर गुनासो”को आयोजना गरेको छ ।
वीरगन्जमा आजादी का अमृत महोत्सव मनाउने क्रममा, वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावास द्वारा सो कार्यक्रमको आयोजना गरिएको हो ।
नेपालमा बसोबास गर्दै आएका पीडित भारतीय नागरिकहरुको नियमित बाहेकका गुनासोहरुलाई सम्बोधन गर्न गरिएको उक्त कार्यक्रमको अध्यक्षता कन्सुल जनरल नितेश कुमारले गर्नुभएको थियो ।
कार्यक्रममा हुलास स्टिल इण्डष्ट्रिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक तथा उपमहाप्रबनधक लगायत पर्सा र बारा जिल्लामा कार्यरत करिब २० जना भारतीयहरुको सहभागिता रहेको थियो । साथै उक्त कार्यक्रम मार्फत गुनासाहरु सम्बोधन गरिएको थियो ।











Facebook Comments