काठमाडौं – आन्तरिक विवादका कारण लामो समयदेखि हुन नसकिरहेको तराई मधेस केन्द्रित दल जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारणी समितिको बैठक आजवाट काठमाडौंमा सुरु हुदैँछ ।
बालकुमारीस्थति केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुने बैठकले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देखि स्थानिय तहको निर्वाचनसम्मको अजेन्डामा छलफल हुनेछ ।
आजको बैठकमा एमसीसी, स्थानिय तह निर्वाचन र पार्टीको जिद्यान सम्मेलन गर्नेलगायत एजेन्डा तय भएको कार्यकारिणी सदस्य प्रशान्त सिंहले बताए ।
सिंहले भने, ‘साथै, समसमायिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।’ उनँका अनुसार पार्टी विभाजन भएपछि केन्द्रीय विभागदेखि अन्य संरचना तय नभएकाले सो बारेमा पनि छलफल हुनेछ ।
यसअघि तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा हुने भनिएको बैठक अन्तिममा बालकुमारीस्थीत केन्द्रीय कार्यालयमा हुन लागेको हो ।
Facebook Comments