संसद् खोल्न र एमसीसीमा सघाउन ओलीलाई देउवाको प्रस्ताव

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाको दौडधुप बढेको छ ।

बिहीबार बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमसीसीका विषयमा सहमत गराउन अघि सरेका देउवा राति अबेरसम्म पनि सफल नभएपछि एमाले अध्यक्ष केपी ओलीलाई मनाउन राति नै उनको बालकोटस्थित निवास पुगेका थिए ।

सो क्रममा प्रधानमन्त्री देउवाले एमसीसी परियोजना एमालेकै विगतको सरकारले अघि सारेको विषय भएकाले सो परियोजनासम्बन्धी प्रस्ताव संसद्बाट अघि बढाउन सरकारलाई सघाउन सहयोग मागेका थिए ।

त्यसका लागि एमालेले जारी राख्दै आएको संसद्को अवरोध खोलेर सहयोग गर्न प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्षलाई भनेका थिए । देउवाको प्रस्तावमा एमाले अध्यक्ष ओलीले भने कारणसहित एमाले सदनको संघर्षमा रहेकाले माग पूरा गरे संसद् तत्कालै सुरु हुने जवाफ दिएका थिए ।

एमाले नेता विष्णु रिजालले प्रधानमन्त्रीले सदन खोल्नेतर्फ सहयोग गर्न र एमसीसीमा सघाउन एमाले अध्यक्ष ओलीलाई आग्रह गरेको जानकारी दिए ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.