‘चीनलाई गलवान उपत्यकामा रिपोर्ट गरिएकोभन्दा बढी क्षति भयो’

काठमाडौँ । अस्ट्रेलियाको एक अखबारले सन् २०२० मा भारत र चीनबीच गलवान उपत्यकामा भएको झडपमा चीनलाई रिपोर्ट गरिएकोभन्दा बढी क्षति भएको दाबी गरेको छ । सन् २०२० मा भारत र चीनका सेनाबीच लद्दाखको गलवान उपत्यकामा भएको हिंसक झडपको बारे सार्वजनिक भएको एक प्रतिवेदनमा यस्तो दाबी गरिएको छ ।

समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार अस्ट्रेलियाको अखबार ‘द कलेक्शन’ ले आफ्नो प्रतिवेदनमा गलवान झडपमा चीनले आफ्नो क्षति कम भएको बताएको दाबी गरेको छ ।

‘चीनको तर्फबाट चार सैनिकको ज्यान गएको बताइएको थियो तर योभन्दा नौ गुणा धेरै कम्तीमा ३८ चिनियाँ सैनिकको ज्यान गएको थियो’, प्रतिवेदनमा भनिएको छ ।

त्यो प्रतिवेदनमा शोधकर्ताहरू र चीनका ब्लगर्सलाई उद्धृत गर्दै सूचना दिइएको जनाइएको छ । सुरक्षाका कारण उनीहरूको नाम गोप्य राखेको बीबीसी हिन्दीले लेखेको छ ।

ुगलवान डिकोडेडु नामबाट छापिएको प्रतिवेदनमा केही भीभो प्रयोगकर्ता ९चीनको माइक्रोब्लगिङ नेटवर्क० लाई उद्धृत गरिएको छ र त्यस दिन राति कम्तीमा ३५ चिनियाँ सैनिक गलवान नदीमा डुबेका उल्लेख गरिएको छ ।

गएको १५ जुनमा लद्दाखको गलवान उपत्यकामा चिनियाँ सेनासँगको झडपलमा भारतका २० सैनिकको ज्यान गएको विवरण प्राप्त भएको थियो । चिनियाँ सेनातर्फ के–कति क्षति भएको थियो भन्नेबारेमा भने आधिकारिक विवरण आएको थिएन । त्यो घटनालाई भारत–चीन सीमामा पछिल्लो चार दशकमा भएको सबैभन्दा ठूले झडप भएको बताइएको थियो ।

त्यसयता अहिलेसम्म यी दुई देशबीच १४ चरणको सैन्य वार्ता भइसकेको छ तर अहिलेसम्म निष्कर्ष निस्किएको छैन । यस्तै प्रतिवेदनमा गलवानमा भएको घटनालाई लिएर चीनले तथ्यहरू लुकाएको र सम्झौताको पालना नगरेको उल्लेख छ । प्रतिवेदनले यो पनि देखाएको छ कि बेइजिङले युद्धको बारेमा छलफल गुपचुप राखेको छ।

वास्तवमा के भयो, के कारणले झडप भयो भन्ने बारे धेरै तथ्यहरू बेइजिङले लुकाएको रिपोर्टमा उल्लेख छ । पूर्वी लद्दाखमा ५ मे, २०२० मा पाङ्गोङ ताल क्षेत्रमा भएको हिंसात्मक झडपपछि सीमा विवाद उत्पन्न भएको थियो र दुवै पक्षले दशौं हजार सैनिक र भारी हतियारहरू लिएर बिस्तारै आफ्नो तैनाथी अहिले बढाएका छन् ।

सैन्य र कूटनीतिक वार्ताको शृङ्खलाको परिणाम स्वरूप, दुई पक्षले गत वर्ष गोग्रामा साथै पाङ्गोङ तालको उत्तर र दक्षिण किनारमा विघटन प्रक्रिया पूरा गरेका थिए। संवेदनशील क्षेत्रमा अहिले प्रत्येक पक्षसँग वास्तविक नियन्त्रण रेखामा ५० देखि ६० हजार सैनिक छन् ।

Facebook Comments