नेपालमा कोरोना संक्रमणबाट दशौं व्यक्तिको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएसंगै मृत्यु हुनेकाे संख्या १० पुगेकाे छ ।

पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । मृत्युपछि उनको स्वाब परीक्षण गर्दा काेराेना संक्रमण देखिएकाे उनले जानकारी दिए ।

Facebook Comments