एकैदिन ६७३४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ३० हजार नाघ्यो

काठमाडौं: नेपलामा थप ६७३४ जनामा कोरोना संक्रमण देखिएको छ।

देशभरि १७४६५ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ५७४७ र एन्टिजेनबाट ९८७ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार नेपालमा कूल सक्रिय संक्रमितको संख्या ३० हजार नाघेको छ। तथ्यांकअनुसार सोमबार ३० हजार ८७७ सक्रिय संक्रमित पुगेका छन्। त्यस्तै थप ५४७ जना कोरोनामुक्त भएका छन् भने थप ३ जना संक्रमितको मृत्यु भएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.