कोरोना अपडेट : अमेरिकाको पछिल्लो २४ घण्टाको अवस्था कस्ताे छ ?

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण यतिबेला सारा विश्व ग्रस्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ८७ हजार ९१३ जनाको मृत्यु भईसकेको छ भने ६५ लाख ६७ हजार ३९९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३१ लाख ६८ हजार ९२१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार २०१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच अमेरिकामा कोरोना भाइरसको महामारीका कारण मृत्यु हुनेको कुल संख्या १ लाख ९ हजार १४२ रहेको छ भने १९ लाख १ हजार ७८३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६ लाख ८८ हजार ६७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ९३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको न्युयोर्कमा अहिलेसम्म ३० हजार १६४ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ८२ हजार ८३७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्युजर्सीमा ११ हजार ९०६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६३ हजार ७७४ जनालाई संक्रमण भएको छ । बुधवार मात्र अमेरिकामा २० हजार ५७८ जना संक्रमित थपिएका छन् भने १ हजार ८३ जनाको मृत्यु भएको छ ।

Facebook Comments