ध्यान अन्यत्र जाँदा कोरोना नियन्त्रणमा चुक्यो सरकार

काठमाडाैं । कोरोना भाइरसको संक्रमणबाट देश र जनतालाई जोगाउन सम्पूर्ण ध्यान केन्द्रित गर्नुको साटो सरकारको ध्यान अन्यत्र जाँदा मुलुक रोग र भोकको चपेटामा फस्दै गएको छ।

लकडाउन सुरु भएको साढे दुई महिना हुन लाग्दा भाइरस संक्रमण देशभरि फैलिने अवस्थामा पुगेको छ। सरकार साढे दुई महिनाको समय कोरोनाविरुद्ध लड्ने थप तयारीमा प्रयोग गर्न चुकेको छ। महामारीका कारण आउनसक्ने संकटलाई ध्यानमा राखेर आवश्यक स्वास्थ्य सामग्रीको जोहो गर्नेलगायतको तयारीमा ध्यान दिन सरकार असफल भएको हो।

केही दिनयता संक्रमण तीव्र गतिमा बढेसँगै आइसोलेसन वार्ड अभाव हुन थालेको छ, क्वारेन्टिनको अवस्था दयनीय छ। पछिल्लो समय क्वारेन्टिन नै रोग सर्ने स्थान बन्ने त होइन भन्ने प्रश्न उठेको छ।

न्यूनतम मापदण्ड पनि पूरा नभएका क्वारेन्टिनको समेत अभाव हुन थालेको छ। परीक्षण दायरा नबढाउँदा संक्रमणको आकलन अझै हुन सकेको छैन भने ज्यान गुमाएकाको कोरोना परीक्षण निधनपछि मात्र भइरहेको अवस्था छ। आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारीले खबर लेखेका छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.