चन्द्रागिरिमा अत्यावश्यक सेवाका पसल बिहान खोल्न पाइने

काठमाडाैं । चन्द्रागिरि नगरपालिकामा अत्यावश्यक सामग्रीका पसल बिहान ५ देखि १२ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

पछिल्लो समय नेपालमा तीव्ररूपमा फैलँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर चन्द्रागिरि नगरपालिकाको मङ्गलबार बसेको नगर कार्यसमितिको बैठकले सामाजिक दूरी कायम राखेर बिहान ५ देखि १२ बजेसम्म अति आवश्यक सामग्रीका पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले खाद्यान्न, फलफूल, इन्धन, दाना, बीउबिजन, मल, भेटेरेनरी, हार्डवयर, वर्कसपलगायतका पसल बिहान खोल्न दिने निर्णय गरेको जानकारी दिए । “औषधि पसल, दुग्ध उद्योग, खानेपानी ढुवानी साधन भने सुरक्षा मापदण्ड मास्क, पिपिइ, स्यानिटाइजर, पञ्जा लगाएर सञ्चालन गर्न पाइनेछ”, उहाँले भन्नुभयो ।

अत्यावश्यक कामबाहेक लुकीछिपी चन्द्रागिरिमा आउने व्यक्तिको आरडिटी, पिसीआर परीक्षण र क्वारेन्टिनमा लाग्ने खर्च सम्बन्धित व्यक्तिले व्यहोर्नुपर्ने निर्णय भएको नगरप्रमुख गिरीले बताए। काठमाडौँ उपत्यकाको प्रमुखद्वारका रूपमा रहेको चन्द्रागिरि नाकामा कडाइका साथ जाँच गरिने भएको छ । रासस

ताजा अपडेट

पोर्चुगलमा आप्रवासीको संख्या हालसम्मकै उच्च : एकैबर्षमा ६ लाख ६२ हजार ९५ जनाले लिए रेसिडेन्सी !

पोर्चुगल । पोर्चुगलमा आप्रवासीको संख्या हालसम्मै उच्च रहेको विदेशी र सीमा सेवा सेफले जनाएको छ। सन् २०२० मा आवास अनुमति लिने बिदेशी आप्रवासीहरुको संख्या...

४ मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी दिइयो, कसको जिम्मामा कुन मन्त्रालय ? (विज्ञप्तिसहित)

काठमाडौं । सर्वोच्च अदालतले संविधान विपरित मन्त्रिपरिषद् विस्तार गरेको ठहर गर्दै १८ मन्त्री तथा राज्यमन्त्रीलाई पदमुक्त गरिदिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीविहीन बनेको मन्त्रालयमा जिम्मेवारी...

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हानेपछि….

एजेन्सी । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार...

पछिल्लो २४ घण्टामा कति जना संक्रमित निको भए?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५१८ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनालाई कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार...

‘आरोपितलाई छुटाउन जाने मन्त्री पदमा बस्न अयोग्य’

काठमाडौं । विवेकशील साझा पार्टीले जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई रिहा गराउन मन्त्री आफैं प्रहरी कार्यालय पुगेकामा आपत्ति...

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई...

चुनावको घोषणा गर्नु ओलीको अहंकार मात्रै : माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कुर्सीका लागि नभई देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुपर्ने बेला भएकाले सवैको...

चर्चित