चीनसंग हंककङमा नयाँ कानुन लागू गर्ने ‘बैद्य अधिकार’ छैन : हंककङ सरकार

एजेन्सी । अमेरिकाका लागि चीनका राजदूत कुई टियानकाईले हंककङको राष्ट्रिय सुरक्षाको अन्तिम जिम्मेवारी केन्द्र सरकारको रहेको भन्दै शहरको लागि प्रस्तावित कानूनको पालनले नागरिकलाई सुरक्षा प्रदान गर्ने बताए।

“हंककङमामा पुर्ब र पश्चिमको रोमान्टिक फ्यूजन देखिएको छ । हाम्रो दु: खको कुरा, त्यही रोमान्स अहिले बाफ बनेर उडिरहेको छ”, उनले कटाक्ष गरे । चिनियाँ राजदूतले पुलिस, नागरिक र त्यहाँको सम्पत्ति बिरूद्ध प्रदर्शनकारीहरुको हिंसात्मक कार्यहरूले बेइजिगको लागि “रातो रेखा” पार गरिसकेको उनले बताए ।

“हंककङ अव्यवस्थित छ। चीनको राष्ट्रिय सुरक्षा जोखिममा छ। त्यसकारण केन्द्रीय सरकारले बिशेष कानुन लयाउनुपरेको छ, ”उनले भने। यता चीनको एउटा अखबारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका योजनाहरू बेइजिगको आन्तरिक मामिलामा “घोर हस्तक्षेप” रहेको र “असफल” भैसेकेको दाबी गरेको छ।

दोस्रो टिप्पणीमा उक्त पत्रिकाले अमेरिका र पश्चिमी राजनीतिज्ञलाई “दोहोरो स्तर” र “निर्लज्ज वर्चस्व” को रहेको आरोप लगाएको छ। अखबारमा लेखिएको छ की प्रस्तावित कानुन चीनको सार्वभौमिकता र अन्तर्राष्ट्रिय अभ्याससँग मिल्दोजुल्दो रक्षाको लागि सही कदम हो।

यसैबीच, हंककङको सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कदमहरु “न्यायसंगत” रहेको र बेइजिगसंग हंगकंगमा नयाँ राष्ट्रिय सुरक्षा कानूनहरू लागु गर्न “वैध अधिकार” नरहेको बताएको छ । हंककङमा गत बर्षदेखि नै प्रदर्शनकारीहरूले पूर्ण लोकतन्त्र र पुलिसको जवाफदेहीता खोज्दै प्रदर्शन गरिरहेका छन् I

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.