काठमाडौं । कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइए अनुसार नयाँ संक्रमितमध्ये सल्यानका २ जना पुरुष, दैलेखका ७ जना पुरुष, कालिकोटमा चार महिने शिशु र एक महिला सहित ७ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा चार महिने शिशुसहित १३ जना र प्रदेश अस्पताल सुर्खेत पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा कोरोना पुष्टी भएको हो ।
यो सँगै कर्णालीमा संक्रमतिको संख्या दुई सय ६६ पुगेको छ ।
Facebook Comments