Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
काठमाडौं । पर्सामा बुधवार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कालिकामाई गाउँपालिकाका ४ जना र सखुवा प्रसौनी गाउँपालिकाका २ जनाका गरी ६ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए ।
संक्रमितमा कालिकामाई गाउँपालिकाका ४२, १५, ४५ र ३० वर्षका ४ जना पुरूषहरू रहेका छन् भने सखुवा प्रसौनी गाउँपालिकाका २५ र ४९ वर्षका २ जना परूष रहेको उपाध्यायले जानकारी दिए ।
नारायणी अस्पतालमा उनीहरुको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । उनीहरुलाई नारायणी अस्पताल कोरोना विशेष अस्थायी अस्पताल गण्डकमा ल्याउने तयारी भइरहेको छ ।




Facebook Comments