बाराका राधेश्याम पटेलको हत्यारालाई कारवाहीको माग गर्दै अभियानद्वारा प्रदर्शन

काठमाडौँ । बाराका राधेश्याम पटेलको हत्यारालाई कारवाहीको माग गर्दै राष्ट्रिय एकता अभियान सप्तरीमा आज विरोध प्रदर्शन गरिरहेको छ ।

छठ पर्व को बेला जेहादी इस्लामिक आक्रमणमा पटेलको उपचारकों क्रममा मृत्यु भएपछि आफन्त र अभियानले हत्यारालाई कारवाहीको माग गर्दै राजविराजको नेता चौक
विरोध प्रदर्शन गरेको हो ।

उपाध्यक्ष सुनिता साहको नेतृत्वमा भएको प्रदर्शनमा गृहमन्त्री राजीनामा दे, राधेश्याम पटेलको हत्यारालाई कार्यवाही गर, इस्लामिक आतंकवाद बंद गर, मुख्यमंत्री मोहम्मद लालबाबु राउत मुर्दावादका नारा समेत लागेको थियो । त्यस्तै प्रदर्शनकारीहरुले गृहमन्त्री बालकृष्ण खाँडको पुतला पनि दहन गरेका थिए ।

Facebook Comments