केएमसी अस्पतालको सबै सेवा बन्द

Photo : Google

काठमाडौं । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको आकस्मिकसहित सबै सेवा बन्द गरिएको छ।

२ जना बिरामी र २ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि निर्मलीकरणका लागि अर्को सूचना नआउँदासम्मका लागि सेवा बन्द गरेको अस्पतालले सूचना जारी गरेर जनाइएको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयले काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोना देखिएको बताएको थियो । अस्पतालमै गर्भवती जाँच गराउन आएकी भक्तपुरकी एक महिलामा पनि मंगलबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।

Facebook Comments