डडेल्धुरा क्वारेन्टिनमा एक महिलाको मृत्यु

कैलाली । डडेल्धुराको क्वारेन्टिनमा बसेकी एक महिलाको मृृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक महिला र उनका श्रीमान् भारतबाट ४ दिन पहिले आएको वडा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले बताए ।