युवती बलात्कार आरोपमा एक जना पक्राउ

पाँचथर । पाँचथरमा बाख्रा चराउन गएकी १९ वर्षीया युवतीमाथि बलात्कार भएको छ ।

घटनामा संग्लन रहेको आरोपमा तुम्वेवा गाउँपालिका ४, ओलनेका ४० वर्षीय रमेश शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

ओखरबोटे जंगलको छेउमा बाख्रा चराइरहेको अवस्थामा शर्माले ती युवतीमाथि बलात्कार गरेको खुलेको इलाका प्रहरी कार्यालय मौवाले जनाएको छ ।

Facebook Comments