‘ओमिक्रोन’को त्रास, सिमानामा छैन छेकबार

काठमाडौं । भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘अ‍ेमिक्रोन’ संक्रमितको संख्या तीन सय नजिक पुगेको छ। दैनिक संक्रमित बढिरहेका छन्। दिल्ली र महाराष्ट्रमा संक्रमित बढी छन्। भारत नेपालसँग सिमाना जोडिएको मुलुक भएकाले नेपालमा सहजै संक्रमण फैलन सक्छ। तर, रोक्न तयारी चुस्त बनाइएको छैन। सीमा नाका खुला छन्। स्वास्थ्य मापदण्ड पालना छैन।

कोरोनाको दोस्रो भेरियन्टमा पनि यस्तै लापरवाही गरिएकाले सुदूरपश्चिममा मात्रै पाँच सयभन्दा बढीले ज्यान गुमाएका थिए। सिमानामा समयमा कडाइ नगर्दा अन्य प्रदेशमा पनि संक्रमण तीव्र गतिमा फैलिएको थियो। अहिले नेपालमा पनि ओमिक्रोनका संक्रमित भेटिएका छन्। सिमाना र विमानस्थलबाट ओमिक्रोन संक्रमित सहजै भित्रने भएकाले संक्रमण रोक्न चुनौती छ।

कैलालीको गौरीफन्टा नाका हुँदै सहजै आवतजावत भइरहेको छ। बैतडी पुरचौंडीका नरेन्द्र साउद बिहीबार भारतको बेंगलोरबाट यो नाका हुँदै भित्रिए। नाकामा उनको स्वास्थ्य परीक्षण भएन। सिधै अटो रिक्सा चढेर धनगढी बसपार्क पुगे। ‘सामान पनि थियो, भारतमा कोरोना जाँच गरेकै हो, खासै डर छैन। स्वास्थ्य परीक्षण गर्ने झन्झटभन्दा त सिधै अटो चढेर आइयो’, उनले भने।

उनी जस्तै यो नाका हुँदै दैनिक सयौं नागरिक नेपाल आउँछन्। सिमानामा स्वास्थ्य परीक्षणको व्यवस्था भए पनि यहाँ परीक्षण गराउने कम छन्। परीक्षण गरिएका र पोजेटिभ देखिएका बाहेक कसैलाई पनि क्वारेन्टाइनको व्यवस्था छैन। उनीहरू सोझै सार्वजनिक यातायात चढेर घर पुग्छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.