कांग्रेस उपसभापतिमा देउवा निकट खड्का र शेखर प्यानलका गुरुङ विजयी

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदमा नेताद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ बिजयी भएका छन् ।

बुधबार राति सम्पन्न मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएका हुन् ।

देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार गुरुङसँग कम मत अन्तरले अन्तरले पराजित भए । मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो ।

Facebook Comments