कांग्रेसमा नयाँ ट्विस्ट : देउवा प्यानलमा शशांकको नाम

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व रस्साकस्सीमा नयाँ ट्विस्ट आएको छ। संस्थापन इतर समूहका नेता शशांक कोइरालाको नाम संस्थापन समूहमा राखिएपछि कांग्रेसवृत्तमा हल्लाखल्ला भएको छ।

१४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवार दिएका महामन्त्री शशांक कोइरालाको नाम सभापतिका उम्मेदवार शेरबहादुर देउवाको प्यानलमा राखिएको पाइएको छ। केही समयअघिसम्म शशांक आफैं संस्थापनइतर पक्षबाट आफै सभापतिमा दाबी गरिरहेका थिए।

पछि साझा उम्मेदवारका लागि उनी ब्या भए। तर, शेखर कोइरालाले टीम बनाउँदा आफूसँग कुनै पनि सल्लाह नगरेकोप्रति उनी असन्तुष्ट बनेका थिए। शेखर टीममा आफू निकट तीन जना नेताको नाम काटिएपछि शशांक शेखरले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा पनि गएका थिएनन्।

त्यतिमात्र हैन शेखरले उम्मेदवारी दर्ता गर्ने बेला पनि उनी आएका थिएनन्। उम्मेदवारी दर्ता गर्नु केही समयअघि उनी देउवालाई भेट्न बालुवाटार पनि पुगेका थिए। यद्यपि शशांकको नाम शेखर र प्रकाशमान सिंहको प्यानलमा पनि राखिएको छ। शशांक आफै भने कुनै पनि प्यानलमा खुलेका छैनन्। उता शेखरले पनि शशांक र वरिष्ठ नेता रामचन्द्र पौडेलको आशिर्वाद आफूले पाएको बताएका छन्।

 

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.