एमालेमा कतै नअटाएका रावलले झोक्किँदै दिए यस्तो प्रतिक्रिया

काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा.भीम रावलले आइतबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकका निर्णयमा खेद प्रकट गरेका छन्।

उनले बैठकले गरेका मनोनयन र जिम्मेवारीप्रति असन्तुष्टि जनाउँदै केपी ओलीको अगुवाईमा हुँदै आएको गुटबन्दीले छलाङ मारेको प्रतिक्रिया दिएका छन्।

‘एमालेमा भर्खरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाईमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो,’ ट्वीट गर्दै नेता रावलले भनेका छन्, ‘यो देश र जनताप्रति प्रतिबद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुट स्वार्थ प्रेरित अहम् तुष्टिको नमूना हो।’

आइतबार मनोनीत गरिएको केन्द्रीय सदस्यमा रावलको नाम समावेश गरिएको थिएन।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.