सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सख्या ४३ पुग्यो

कैलाली । सुदुरपश्चिम प्रदेशमा कोभिड–१९ को संक्रमित सख्या ४३ पुगेको छ । पछिल्लो समय भारतवाट आएकाहरुमा कोभिड–१९ को संक्रमण पुष्टि हुन थाले पछि संक्रमितको संख्यामा वृद्धि भएको हो ।

सोमबार थप १८ जना कोभिड १९ को संक्रमण पुष्टि भएसंगै प्रदेशमा संक्रमितको संख्या ४३ पुगेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले जानकारी दिए ।

धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट थप १८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको थियो । यता, ६ जना संक्रमित भने उपचारपछि घर गइसकेका छन ।

Facebook Comments