आज ह्वात्तै बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । तिहार सकिएलगत्तै सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको बताएको छ।

तिहार अगाडी अन्तिम पटक कारोबार भएको कात्तिक १८ गते छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा ९० हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तिहारपछि पहिलोपटक बजार खुलेको आज कात्तिक २२ गते छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ छ । यस्तै, आज तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । यसैगरी, आज चाँदीको भाउ २५ रुपैयाँले बढेर प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएको छ ।

Facebook Comments