काठमाडौंमा १६ वर्षीया किशोरी बलात्कृत, कार्गोका अध्यक्ष अधिकारी पक्राउ

काठमाडौं : १६ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कार्गो व्यवसायीहरुको छाता संगठन फ्रेट फरवार्डस् संघ (नेफा) का अध्यक्ष मनोज अधिकारी पक्राउ परेका छन् ।

अधिकारीमाथि जबरजस्ती करणी सम्बन्धी कसूरमा कमलपोखरी प्रहरीमा किटानी जाहेरी दर्ता भएपछि पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए ।

एसएसपी सिंहका अनुसार पक्राउ परेका उनीमाथि १६ वर्षीया किशोरीलाई करणी गरेको अभियोग रहेको छ।

अधिकारीले ८ कात्तिकमा पीडित किशोरीलाई रातोपुलस्थित एक रेष्टुरेन्टमा बलात्कार गरेको जाहेरीमा उल्लेख रहेको प्रहरीको भनाइ छ। उनलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीको टोलीले ठमेलबाट पक्राउ गरेको हो ।

उनीमाथि जिल्ला अदालत, काठमाडौंबाट पाँच दिन म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.