अक्षयकुमारको फिल्म ‘सूर्यवंशी’को धमाकेदार शुरुवात, अहिलेसम्म कति कमायो ?

एजेन्सी । अक्षयकुमार अभिनित फिल्म ‘सूर्यवंशी’ यस दीपावलीमा हलहरुमा प्रदर्शन भयो। पहिलो दिन धमाकेदार कमाई गरेको रोहित शेट्टी निर्देशित फिल्मले सोमबार पनि राम्रो कमाई गरेको छ।

रिलिजको पहिलो दिन २६.२९ करोड (भारु)कमाई गरेको फिल्मले दोस्रो दिन २४.५० करोड कमाई गरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

फिल्मलाई लिएर अक्षयकुमार र कट्रिना कैफ निकै उत्साहित भएका छन्। कोरोना महामारीपछि यस फिल्मले दर्शकलाई हलसम्म तानेको विश्लेषण भइरहेको छ।

माथि उल्लेखित रकम फिल्मले भारतभित्रको प्रदर्शनबाट आर्जन गरेको हो। सूर्यवंशीले देशबाहिर पनि उत्साहजनक साथ पाएको छ। भारतमा फिल्म ४ हजार बढी स्क्रिनमा रिलिज भएको थियो। विदेशमा १३ सय स्क्रिनमा रिलिज गरिएको थियो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.