ड्रग्स प्रकरण : आर्यन खानलाई जेल कोच्ने एनसीबी अधिकारीलाई मुद्धाबाट हटाइयो

एजेन्सी । बलिउड बादशाह शाहरुख खानका छोरा आर्यन खान केही समयअघि जेलबाट रिहा भए। मुम्बई क्रुजमा ड्रग्स पार्टी गरेको आरोपमा पक्राउ परेका उनी जमानतमा रिहा भएका थिए।

आर्यन केसमा एनसीबीका जोनल निर्देशक समीर वानखेडे चर्चामा रहे। उनले आर्यनले छाड्नका लागि करौडौं रुपैयाँ मागेको समाचराहरु पनि बाहिर आएका थिए। आर्यन शुक्रबारमात्रै एनसीबीको भवनमा हाजिरीको लागि उपस्थित भएका थिए।

समाचारअनुसार आर्यनको लागुऔषध मुद्धाबाट एनसीबीका जोनल डाइरेक्टर समीर वानखेडेलाई हटाइएको छ। समीरलाई हटाइएपछि आर्यनसहित ६ व्यक्तिको मुद्धा अब एनसीबीको केन्द्रीय टिमलाई हस्तान्तरण गरिएको छ।

यो मामलामा आर्यन खान, नवाब मलिकका ज्वाइँ समीर खानका अलावा इकबाल कासकर, अरमान कोहली, कश्मीर सामेल छन्। यद्यपि समीर आफ्नो पदमा भने रही रहनेछन्। उनले मुम्बई एनसीबीको जोनल डाइरेक्टर पद नै सम्हाल्नेछन् । यो मामलामा समीर मुम्बईमा रहेर दिल्लीको मुख्यालयलाई रिपोर्टिङ गर्नेछन्। अब समीरले कुनै पनि आगामी मुद्धामा काम गर्नु अघि दिल्ली मुख्यालयको अनुमति लिनुपर्नेछ।

‘एनसीबीको कुनै पनि अफिसरलाई उसको पदबाट हटाइएको छैन। विशेष आदेश नआउञ्जेलसम्म एनसीबी अहिलेकै रुपमा काम गर्नेछ। समीरले अगाडि पनि एनसीबीमा रहेर यही पदमा काम गर्नेछन्, ’ एनसीबीका डेपुटी डिरेक्टर जनरल अफ अपरेसन सञ्जय सिंहले भनेका छन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.