काठमाडौै । सीके राउत नेतृत्वको जनमत पार्टी हारगुहार माग्दै प्रहरीकाे शरणमा पुगेकाे छ । जनमत पार्टीको धनुषामा रहेको केन्द्रीय सचिवालयमा तोडफोड भएकाे भन्दै पार्टीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको हाे।
तोडफोडमा उत्रिएकाहरूलाई कारबाही गर्न पार्टीले माग गरेको छ। पार्टीले यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषामा अडियो र भिडियो प्रमाणसहित उजुरी दिएको जनाएको छ।
आफ्नो सचिवालय आगजानी र तोडफोडमा उत्रिनेलाई यथाशीघ्र कारबाही गर्न पार्टीले माग गरेको छ। अन्यथा आक्रोशित जनताले केही कारबाही गरे त्यसको जिम्मेवार आफ्नो पार्टी नहुने पनि उसले चेतावनी दिएको छ।
आगजनीजस्तो जघन्य अपराधमा एउटा राजनीतिक पार्टीसँग आबद्ध केही इन्जिनियरहरूको समेत संलग्न देखिएको पार्टीले आरोप लगाएको छ। आज जनमत पार्टीको सचिवालयले जारी गरेको सूचना लेखिएको छ, ‘इन्जिनियरिङ काउन्सिलले यथाशीघ्र तिनीहरूको लाइसेन्स खारेज गरोयोस्।’
केही दिनयता जनमत पार्टीले प्रदेश २ मा भ्रष्टचारीविरुद्ध कठोर कदम चालिएको भन्दै तोडफोड र सरकारी व्यक्तिहरूमाथि दुर्व्यवहार गर्दै आइरहेको छ।











Facebook Comments