यी स्थानहरुमा वर्षा र हिमपात हुने

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । हाल देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आइतबार दिउँसो देशको पहाडी भु–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै बेलुका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आशिक देखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Facebook Comments