महोत्तरीमा आइसोलेसन कक्षको अभाव

महोत्तरी । महोत्तरी जिल्लामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढेसँगै सङ्क्रमितलाई राख्न आइसोलेसन कक्षको अभाव भएको छ । जिल्ला सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पतालमा कूल ५० सङ्क्रमित राख्ने आइसोलेसन कक्ष स्वीकृत भए पनि सङ्क्रमित थपिएपछि हाल १५ जना मात्र अट्ने कक्ष बनाइएको छ ।

कोरोनाबाट सङ्क्रमितको सङ्ख्या २३ र आरडिटीबाट ३७ जना गरी ६० पुगेको छ । पिसिआरका १९ जना र आरडिटी नौ जना गरी २८ बिरामी उपचारका लागि जलेश्वरस्थित जिल्ला अस्पतालमा भर्ना भएका छन् । अन्यको उपचार जनकपुर कोरोना अस्पतालमा भइरहेको छ ।

भवनमा आइसोलेसन कक्ष र भेन्टिलेटरसहितका कक्ष निर्माण कार्य जारी रहेको छ । कोरोना सङ्क्रमण पुष्टि भइसकेकालाई क्वारेन्टिनस्थलमै राखिँदा त्यहाँ रहेका अन्य व्यक्तिमा समेत सङ्क्रमण फैलिन सक्ने खतरा बढेको छ । सङ्क्रमणको त्रास बढेको दुई महिनाभन्दा बढी बितिसक्दा पनि अस्पतालमा आइसोलेसन कक्ष निर्माणमा तदारुकता नदेखाइएका कारण अहिले आएर सङ्क्रमितलाई राख्ने स्थानको अभाव भएको हो ।

कोरोना सङ्क्रमितको सङ्ख्या प्रतिदिन बढ्दै जान थालेपछि जिल्लाको मौजुदा क्षमताले उपचार प्रक्रिया थाम्न नसक्ने देखिएको छ । पिपिई, कीट, भिटिएम, आइसोलेसन श्यया, पिसिआर उपकरण र भेन्टिलेटर सामग्री पर्याप्त छैन नै स्वास्थ्यकर्मीको जनशक्ति पनि अपुग छ ।

जथाभावी खर्च दुरुपयोग बढ्यो

क्वारेन्टिनमा बस्नेको सङ्ख्या बढेपछि महोत्तरीका स्थानीय तहहरुले क्वारेन्टिनका नाममा मापदण्डबिना नै जथाभावी खर्च गरिरहेका छन् । पछि बिलभर्पाइअनुसार भुक्तानी गर्ने गरी खर्च भएकाले दुरुपयोगको सम्भावना बढेको हो । क्वारेन्टिनमा मानिसको सङ्ख्या बढेकाले नगरप्रमुख तथा वडाध्यक्षले पछि बिलभर्पाइ पेश गर्ने नाममा अहिले जथाभावी खर्च गरिरहेका छन् ।

स्थानीय तहले जथाभावी खर्च देखाए पनि बजेट सक्न आधारभूत पूर्वाधारबिनै क्वारेन्टिन निर्माण गरेको, क्वारेन्टिनमा चिसो भुइँमा त्रिपालमाथि फम र तन्ना ओच्छ्याएर सुताउने गरिएको, खानाको प्रबन्ध राम्रोसँग नगरिएको पाइएको छ । पङ्खा, झुल, शौचालय र बिजुलीको अभावले समेत व्यवस्थापन भद्रगोल छ ।

क्वारेन्टिनको खाना गुणस्तरहीन भएको गुनासो धेरै आएपछि क्वारेन्टिनमा बसेकाले घरका परिवारले ल्याइदिएको खाना खाने गरेका छन् । महामारीका बेला भैपरी आउने कामका लागि खर्च गरिनु स्वाभाविक भए पनि त्यही नाममा रकम दुरुपयोग हुने सम्भावना पनि बढेको छ । रासस

ताजा अपडेट

आज आषाढ ७ गते सोमवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको योजना बन्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा...

दलितलाई कोठा दिन नमानेको अभियोगमा घरबेटी पक्राउ

काठमाडौं । दलित भएकै कारण कोठा दिन नमानेको आभियोगमा घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारलाई कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती...

पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना संक्रमित निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४५६ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २ हजार ४४२ जनालाई कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४२ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार...

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको बैठक

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम...

भारतमा ८१ दिनपछि सबैभन्दा कम कोभिड–१९ सङ्क्रमित

भारत । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिनप्रति दिन कमी हुँदै आएको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६०...

डडेल्धुरामा युवती मृत फेला, अनुसन्धानका लागि दुईवटा प्रहरी टोली परिचालन

धनगढी । डडेल्धुरामा एक युवती मृत फेला परेको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयले धनगढीबाट प्रहरीका दुई वटा टोली परिचालन गरेको छ । शनिबार...

उपत्यकामा खुकुलो बनाएर निषेधाज्ञा थप्ने तयारी, सवारीसाधान चल्छ की चल्दैन?

काठमाडौं । स्थानीय प्रशासनले थप केही प्रावधानलाई खुकुलो बनाउँदै उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी गरेको छ । तर जोर बिजोरका आधारमा सवारी साधन...

चीनको काउन्टरमा जी-सेभेनले घोषणा गर्‍यो ‘बी-३ डब्ल्यू’ परियोजना

काठमाडौं । निम्न र मध्यम आय भएका मुलुकहरूलाई लक्षित गरेर पूर्वाधार सम्बन्धी परियोजना बिल्ड ब्याक बेटर वर्ल्ड (बी-३ डल्यू) अगाडि बढाउने सहमति भएको छ...

चर्चित