अनन्या पाण्डे र आर्यन खानबीचको च्याट सार्वजनिक

काठमाडाैं । बलिउड अभिनेत्री अनन्या पाण्डेलाई लागूपदार्थ केसमा सोधपुछका लागि नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले समन जारी गरेको छ।

बिहीवार एनसीबीले अनन्यालाई लगभग सबा २ घन्टा सोधपुछ गरेको थियो । उनको घरमा छापा समेत मारिएको थियो । पछि उनलाई सोधपुछका लागि कार्यालय बोलाइयो ।

शुक्रवार ११ बजे उनलाई सोधपुछका लागि बोलाइएकोमा अनन्या एनसीबी कार्यालय गइनन् । यसैबीच एनसीबीले आर्यन र अनन्याबीच भएको च्याट फेला पारेको छ । त्यही च्याटका आधारमा एनसीबीले समन जारी गरेको हो ।

Facebook Comments