बाँकेमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेमा गए राति भएको दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।

भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यानका लागी छुटेकाे ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै र एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा भएको दुर्घटनामा बसमा सवार अन्य २० जना यात्रु घाइते भएका छन् । घाइतेहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comments