काठमाडाैं । विदेशबाट फर्किएका नेपाली कामदारलाई क्वारेन्टाइनमा राख्न तारे र अन्य होटेलहरूले १५ सयसम्ममै कोठा दिने भएका छन् ।
तारे होटेलहरूले गत जेठ १२ गते होटेलका कोठालाई क्वारेन्टाइन बनाउन सहमत भए पनि शुल्क महँगो भएपछि सरकारले घटाउन माग गरेको थियो ।
होटेल संघ नेपाल (हान)ले आइतबार पर्यटकस्तरका होटेलहरूले प्रतिबेड १५ सयमै राख्न दिने निर्णय गरेको छ । एउटा कोठामा एकजना मात्रै बस्दा भने २ हजार रुपैयाँ तिर्नुपर्ने छ ।
यो शुल्कमा होटलहरूले दिनको चारपटक पौष्टिक आहारसमेत खुवाउने हानका महासचिव साजन शाक्यले बताए । नयाँ पत्रिकामा खबर छ ।
Facebook Comments