एजेन्सी : अनलाइन कक्षा लिने क्रममा भियतनामा एक बालकको मोबाइल फोन बिस्फोट हुँदा मृत्यु भएको छ ।
नेग्ही प्रान्तमा घरबाट अनलाईन कक्षा लिने क्रममा पाँच कक्षामा पढ्ने ११ वर्षीय बालकको मृत्यु भएको हो ।
उनले मोबाइल चार्ज गरेका कक्षा लिएका थिए । बिस्फोटलगत्तै बालकको शरीररमा आगो लागेको थियो । जलेर गम्भीर घाईते उनको उपचारका क्रममा मृत्यु भएको हो ।
उनको मृत्युबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले पड्किएको मोवाईल र चार्जर जाँच गर्ने भएको छ ।
मृत्युपछि स्थानीय शिक्षा अधिकारी ती बालकको घरमै पुगेका थिए । कोभिड संक्रमण बढेपछि भियतनाममा विद्यालयको पठनपाठन पुनः अनलाईनबाट हुन थालेको छ ।











Facebook Comments