कोमल वलीसहित ४ नेता एमालेको केन्द्रीय सदस्य बन्न नपाउने

काठमाडौँ । नेतृ कोमल वलीसहित चार जनाको लागि एमाले केन्द्रीय सदस्य बन्ने ढोका बन्द भएको छ ।

एमालेले नयाँ विधानमा महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्य बन्ने योग्यता तोकेपछि वली आगामी दशौं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार नै बन्न नपाउनेगरी ढोका बन्द भएको हो ।

एमालेको विधानअनुसार एमाले महाधिवेशन प्रतिनिधि बन्न पार्टी सदस्य भएको १० वर्ष हुनुपर्नेछ भने महिलाको हकमा ७ वर्ष कायम छ । यी दुवै योग्यता वलीको हकमा नपुग्ने देखिएको छ । वली २०७४ सालमा राप्रपा छोडेर एमाले प्रवेश गरेकी थिइन् ।

वली राप्रपाको एकता महाधिवेशनमा अत्याधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् ।

विधानको नयाँ व्यवस्थाले वलीसँगै जसपाबाट एमाले प्रवेश गरेका शिवजी यादव र राजकुमार लेखी तथा पूर्व उपसभामुख गंगा यादव पनि एमालेको केन्द्रीय सदस्य बन्न नपाउने भएका छन् ।

Facebook Comments