भारतीय राजदूत क्वात्राद्वारा सम्पूर्ण नेपालीहरुलाई बडादशैंको शुभकामना

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले बडादशैंलगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भावनात्मक एकताका निम्ति विशिष्ट योगदान पुर्याउँदै आएको भन्दै सम्पूर्ण नेपालीहरुलाई शुभकामना व्यक्त गरेका छन् ।

भारतीय राजदूत क्वात्राले सामाजिक सञ्जाल ट्वीटरमार्फत बडादशैंको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुलाई शुभकामना व्यक्त गरेका हुन् ।

भारतीय राजदूत क्वात्राले सामाजिक सञ्जाल ट्वीटर शुभकामना व्यक्त गर्दै लेखेका छन्, ‘दही, अविर र चामलले तयार पारिएको रातो टिका अनि जमरा विजया दशमीको प्रमुख आकर्षण हो। यस अवसरमा सबै परिवार एकै ठाउँमा बसेर मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने प्रचलन रहेको छ।’

Facebook Comments