संसदमै प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नेकपा प्रवक्ताकाे गम्भीर प्रश्न

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीलाई नै मन नपरेको सांसद विकास कोष (स्थानीय क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रम) खारेज नहुनु दुःखद् भएको बताएका छन्। ।

राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा बोल्दै कम्तीमा कोभिड-१९ महामारीको संकटका बेला यो कोषका लागि रकम छुट्याउन नहुने उनको भनाइ छ । उनले बैठकमै त्यसकाे विराेध समेत गरे। श्रेष्ठले भने, ‘प्रधानमन्त्री र अर्थमन्त्री दुवै जना सांसद विकास कोषको विपक्षमा हुनुहुन्छ तर बजेटमा खारेज गर्ने साहस किन गर्न सक्नुभएन ?’

बजेटले संकटलाई अवसरमा बदल्न नसकेको श्रेष्ठको भनाइ छ। ‘सरकारले ल्याएको बजेट कोभिड-१९ को आवश्यकता अनुरुप छ, यो बजेटले आजको राष्ट्रको आवश्यकतालाई सम्बोधन गरेको छ’ श्रेष्ठ भन्छन्, ‘यो बजेट सकारात्मक छ यसलाई कार्यान्वयन गरेर जानु नै अहिलेको आवश्यकता हो ।’

उनका अनुसार बजेटले कोरोनाबाट जीवन बचाउने, महामारीले टुटाएको अर्थतन्त्रको कडी जोड्ने, रोजगारी बढाउने, आयात प्रतिस्थापन गर्ने नीति लिएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.