काठमाडौं । नेपालमा थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १५६७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया बिफ्रिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज नेपालमा १६६ जनालाई संक्रमण भएको जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगराीमा रहेका छन् । यसैबीच नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १ हजार ५ सय ६७ पुगेको छ ।
Facebook Comments