‘सत्ता गठबन्धन चुनावसम्म टिक्दैनकी भन्ने आशंका पैदा हुन थालिसक्यो’

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले लामो समयसम्म मन्त्रिपरिषद विस्तार हुन नसक्दा सत्तारुढ गठबन्धन चुनावसँग मिलेर अघि बढ्न सक्छ कि सक्दैन भन्ने प्रश्न आशंका उब्जिएको बताएका छन् ।

शनिबार गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले ८१ दिन बित्दासमेत सरकारले पूर्णता नपाउनु चिन्ताको विषय भएको बताए ।

सरकार विस्तार कांग्रेस, सत्ता साझेदार दलका लागि मात्र नभई देशकै लागि चिन्ताको विषय बनेको बताउँदै उनले भने–‘त्यसकारणले अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गठबन्धन दलका सबै दलका नेता र पदाधिकारीहरुसँग म के अनुरोध गर्न चाहन्छु भने अब धेरै ढिला भयो, अब छिटोभन्दा छिटो मन्त्रीमण्डलले पूर्णता पाउने गरी तपाईंहरुको निर्णय आउनै पर्ने भयो । अब धेरै पर्खन सकिदैन ।’

कार्यक्रममा बोल्दै उनले गान्धीको अहिंसाको बाटोबाट अघि बढेर मात्रै हरेक राष्ट्रले शान्ति र समृद्ध प्राप्त गर्न सक्ने बताए ।

Facebook Comments