दशगजामा क्षेत्रमा चल्यो गोली

काठमाडौं । सर्लाहीको दशगजामा सशस्त्र प्रहरी र भारतबाट आएको एउटा समूहबीच झडप भएको छ।

बिहान साढे ६ बजे सर्लाहीको विष्णु गाउँपालिका २ पकडीस्थित दशगजा इलाकामा बोर्डर आउट पोष्ट (बीओपी) सिमराबाट खटिएको सशस्त्र प्रहरी निरीक्षकको टोलीले भारतबाट नेपाल प्रवेश गर्न लागेकालाई रोक्न खोज्दा झडप भएको प्रहरीले जानकारी दिएको छ।

३०/४० जनाको समूहमा आएकाहरुले सशस्त्र प्रहरीको हतियारसमेत खोस्ने प्रयास गरेकाले एसएलआरबाट एक राउण्ड हवाई फायर गरेको थियो। अहिले अवस्था सामान्य प्रहरीले जानकारी दिएको छ।

‘भारतबाट सामान लिएर एक जना नेपाल प्रवेश गर्न खोजेका थिए। हाम्रो टोलीले फर्कायो,’ सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी प्रविनकुमार श्रेष्ठले भने, ‘त्यसपछि उसले गाउँबाट ३०/४० जना लिएर सशस्त्रमाथि हुलहुज्जत गर्न खोजेपछि गोली चलाएको हो।’

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.