कोरोना अपडेट : विश्वभर ६० लाख ९४ हजार बढीमा संक्रमण

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ६८ हजार ८ सय ३० पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वका ६० लाख ९४ हजार ६ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै हालसम्म २७ लाख १ हजार ३ सय ३६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ५३ हजार ५ सय ९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथयांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोनाको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनको संख्या १ लाख ४ हजार ९ सय ९६ पुगेको छ । बितेको २४ घण्टामा मात्र थप १० हजार २ सय ३६ जनामा कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १८ लाख ३ हजार ७ सय ६६ पुगेको छ ।

त्यस्तै हालसम्म ५ लाख २० हजार ९ सय ९६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये १७ हजार २ सय ५ जनाको अवस्था गम्भीर रहेको र बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ४ सय ५३ जनाको ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनको संख्या २८ हजार १५ जना पुगेको छ । बितेको २४ घण्टामा १ हजार १ सय ७२ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४ लाख ६९ हजार ५ सय १० पुगेको छ ।

त्यस्तै हालसम्म ब्राजिलमा कोरोना उपचार पछि निको भएर घर फर्किनेको संख्या १ लाख ९३ हजार १ सय ८१ पुगेको छ । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ७१ जनाले ज्यान गुमाएका छन् । वल्डोमिटरको तथ्यांक अनुसार संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४ हजार ५ सय ५५ पुगेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ ३ लाख ९६ हजार ५ सय ७५ जनामा कोरोना संक्रमण फैलिएको छ । बितेको २४ घण्टामा मात्र त्यहाँ कोरोनाको कारण १ सय ८१ जनाको ज्यान गएको र ८ हजार ९ सय ५२ जनामा संक्रमण फैलिएको छ ।

हालसम्म १ लाख ६७ हजार ४ सय ६९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनको संख्या २७ हजार १ सय २५ पुगेको छ । बितेको २४ घण्टामा मात्र त्यहाँ कोरोनाको कारण ४ जनाको ज्यान गएको र ६ सय ६४ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै १ लाख ९६ हजार ९ सय ५८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमित मध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै हालसम्म त्यहाँ कोरोना संक्रमितको संख्या २ लाख ८६ हजार ३ सय ८ पुगेको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म भारतमा कोरोनाको कारण ५ हजार १ सय ८५ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १ लाख ८१ हजार ७ सय ९६ पुगेको छ ।

त्यस्तै हालसम्म भारतमा ८६ हजार ८ सय ८० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय ५ जनाको ज्यान गएको छ ।

फ्रान्समा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ७ सय १४ पुगेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ १ लाख ८६ हजार ८ सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ भने संक्रमितमध्ये ६७ हजार ८ सय ३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये १ हजार ३ सय ६१ जनाको अवस्था गम्भीर रहेको छ ।

Facebook Comments