काठमाडाैँमा युवती जिस्काएको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । सोह्रखुट्टे प्रहरीले ठमेल क्षेत्रबाट दुई जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। शनिवार दिउँसो क्षेत्रपाटीस्थित ढल्कुमा नेपाली युवतीलाई जिस्काएको र दुर्व्यवहार गरेको सूचना आएपछि महानगरीय प्रहरी वृत सोह्रखुट्टेबाट खटिएको टोलीले दुई जना चिनियाँलाई नियन्त्रणमा लिएको हो।

पीडित क्षेत्रपाटीकै १९ वर्षीय युवती हुन्। आरोपीहरुलाई शनिवार अपराह्न ठमेल क्षेत्रबाट नियन्त्रणमा लिइएको सोह्रखुट्टे वृत्तले जनाएको छ। चिनियाँ नागरिकलाई मेडिकल गरेर हिरासतमा राखिएको छ।

पीडितले जाहेरी भने दिइसकेका छैनन्। साँझ ७ बजे ठाडो निवदेन दिएका पीडित पक्षलाई कार्यालय समयमा भोलि आउन भन्दै प्रहरीले फर्काएको छ। वृतका प्रमुख डिएसपी दीपक खड्काका अनुसार पीडितको जाहेरी भोलि कार्यालय समयमा लिएर कारबाही अगाडि बढाइने छ।

चिनियाँ नागरिक ठमेल क्षेत्रमा बस्दै आएका थिए। उनीहरुले पासपोर्ट नबोकेकाले परिचय खुल्न सकेको छैन। उनीहरुले शुरुमा नेपाली युवतीलाई तस्बिर खिचिदिन भनेको र विस्तारै जिस्किँदै दुर्व्यवहार गरेको बुझिएको छ। प्रहरीले घटनाको यथार्थ बुझ्ने काम भइरहेको बताएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.