उद्धार गरिएका अफगान शरणार्थीले अमेरिकामै महिला सेनामाथि गर्न खोजे बलात्कार

एजेन्सी । २० वर्षपछि जब तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरे तब अमेरिकाले हजारौं अफगान नागरिकलाई उद्धार गरेर आफ्नो देशमा आवास दियो।

यतिबेला न्यु मेक्सिकोको फोर्ट ब्लिसमा राखिएका तिनै अफगान शरणार्थीहरुबाट एक अमेरिकी महिला सेना यौन दुर्व्यवहारमा परेकी छिन्। उनीमाथि बलात्कार प्रयास भएको अमेरिकी सेनाले पुष्टि गरेको छ।

डेली मेलका अनुसार अमेरिकी सेनाको फोर्ट ब्लिस बेसमा गत आइतबार तीन अफगान शरणार्थीले काममा आएकी अमेरिकी महिला सेनालाई आक्रमण गर्दै योन दुर्व्यवहार गर्न खोजेका थिए।

अँध्यारो क्षेत्रमा कारबाट उत्रँदा उनीमाथि हिंसा भएको थियो। फोर्ट बेसका सैन्य प्रमुख कर्णेल एली पेनीले सेप्टेम्बर १९ आइतबारका दिन महिला सेनामाथि यौन हिंसा भएको पष्टि गरेका छन्।

यो विषयमा अफगान पुरुषहरुमाथि एफबीआईले अनुसन्धान गर्ने भएको छ। महिला सेनाको शारीरिक र मानिसक अवस्था यतिबेला ठिक भएको बताइएको छ। अन्य सेनाहरु सहयोगका लागि आएकाले उनी बलात्कार हुनबाट भने जोगिइन्।

Facebook Comments