मनिषा कोइरालाको अर्काे रि–ट्विट : म टनकपुर सन्धि सम्झिँदैछु

काठमाडाैं । अभिनेत्री मनिषा कोइरालाले एमसीसी सम्झौतालाई ध्यानपूर्वक पढ्न सुझाव दिएकी छन् ।

अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता संसदमा विचाराधीन रहेको बेला पक्ष/विपक्षमा बहस भइरहेको छ । यसैबीच अभिनेत्री कोइरालाले सम्झौतालाई ध्यानपूर्वक पढ्न सुझाव दिएकी छन् ।

साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यको एमसीसी सम्बन्धी ट्विटलाई रि–ट्विट गर्दै मनिषाले लेखेकी छन्, ‘हामीले ध्यानपूर्वक पढ्नुपर्दछ । विगतमा हामीले गल्ती गरेका छौं । विश्वास छ, हामीले विगतका गल्तीहरूबाट पाठ सिक्छौं । मलाई टनकपुर सन्धिको समयको सम्झना आउँछ ।’

Facebook Comments