आफ्नै बाबुलाई स्तनपान गराएर महिनौँसम्म बचाएकी युवतीको यस्तो छ कारुणिक कथा

एजेन्सी । भनिन्छ तस्वीर आफैं बोल्छ रे। तर कुनैकुनै तस्वीर आफैं बोल्दैन। तस्वीर आफैंमा बोल्नु भनेको त्यसलाई हेर्दा त्यो के हो अथवा त्यसको अर्थ के हो भन्ने बुझिन्छ भन्नु हो।

तर यूरोपका एक प्रख्यात चित्रकार मुरिलोले कोरेको एक तस्वीर आफैं बोलेन। यसले आफ्नो अर्थ र महत्त्वलाई झ्वाट्ट हेर्दा झल्काउन सकेन। तस्वीरमा एक युवती आफ्नो काखमा सानो बच्चालाई च्यापेर एक वृद्ध मानिसलाई स्तनपान गराइरहेकी हुन्छिन्।

शुरुमा त्यस तस्वीरबारे सत्य र स्वच्छ मर्म तत्काल कसैले पनि बुझ्न सकेनन्। त्यसपछि चित्रकारमाथि अनेक टिक्क टिप्पणी भयो। चित्रकार स्वयंले नबताएसम्म यसको रहस्य बाहिर आएन।

तस्वीर दर्शकको पूर्वाग्रही धारणाले गर्दा बच्चा बोकेकी यौवन महिलाको स्तनपान वृद्ध पुरूषले गर्नु हदैसम्मको अश्लिल, नग्न र छाडा छ। तरपछि बुझ्दै जाँदा सत्य अर्कै रहेछ।

तपाईलाइ पनि यो कुराको वास्तविकता थाहा पाए पछि आँखामा आँसु आउन सक्छ। तस्वीरमा स्तनपान गरीरहेका वृृद्ध मानिसलाई, न्यायलयले अन्न र पानीसम्म खानै नदिई मृत्युपर्यन्त अर्थात् जेलमै नमरेसम्म मुक्त नगर्न भनी सजाय सुनाएको थियो। त्यसरी क्रुर तरिकाले मार्ने भए पछि उनकी छोरीले अनेक उपाय लगाउँछिन्।

उनले आफ्नो बुबालाइृ जिउँदै राख्न योजना बनाउँछिन्। त्यसपछि उनले वृद्ध पितालाई भेट्न अनुमतिका लागि सरकारसँग याचना गरीन्। उनको अनुरोधमा अदालतले पनि सर्तसहित भेट्ने अनुमति दियो।

उनी हरेक दिन जेलमा आफ्ना वृद्ध पितालाई भेट्न आउन पाउनेछिन्। तर, उनलाई जेलमा आउँदा कडाईका साथ जाँच गरेर भिञ जान दिइनथ्यो। वृद्ध पितालाई खुवाउनका लागि, झोला वा शरीरमा कुनै पनि खानेकुरा लुकाएर खान नपाइने सर्त राखिएको थियो।

छोरीले पनि सर्तमा मञ्जुरी दिन्छिन्। उनी भेट्न जाँदा कैयौं दिनदेखि अन्नपानी नपाएका पिता देखेर भावुक हुन्छिन्। आफ्नो पितालाई जीवितै राख्न उनी काखको बच्चाको लागि गराउने स्तनपान आफ्नो बाबुलाई गराउँथिन्।

जेलको डण्डीबाहिरबाटै भएपनि उनले आफ्नो स्तनपान गराइन्। प्रत्येक दिन आफ्नो छोरी त्यसरी नै जाने र आफ्नो बुबालाई दैनिक स्तनपान गराउने गरेपछि लामो समयसम्म पनि बुबालाई केहि भएन। उनी पहिलाभन्दा ह्रिस्ट पुस्ट देखिँदै गए।

ती वृद्ध अवस्थापछि जेलरलाई शंका लाग्यो। गोप्यरुपमा निगरानी गर्दा छोरीले दुध खुवाएर बचाएको रहस्य बाहिर आयो। पछि ती वृद्धकी छोरीमाथि पनि सरकारले मुद्दा लाग्यो।

छोरीमाथि लागेको मुद्दामा सुनुवाई गर्दा, न्यायालयले कानूनका काला अक्षर छाडेर भावनात्मक फैसला सुनाउँदै बाउ–छोरी दुबैलाई स–सम्मान रिहा गर्यो। यस्तो वास्तविकता बाहिर आएपछि सोही तस्वीर त्यति बेला निकै महँगो मूल्यमा बिक्री भयो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.